ताजा अपडेट »

देवदहमा उपेक्षित उष्ण प्रदेशीय रोगविरुद्ध सचेतना

विहीबार, १२ पुस २०८०, १८ : ५९
117 Shares
विहीबार, १२ पुस २०८०
117 Shares

बुटवल । कुष्ठ रोग, हात्तीपाइले, डेंगु,  सर्पदंश लगायतका रोग उष्ण प्रदेशीय रोगहरु हुन्  । यस्तोमा विरामीले कसरी रेखदेख र उपचार गर्ने धेरै जनामा अन्योलता छ । यही अन्योलताका कारण समस्या देखिए पनि विरामी सहजै उपचारमा जादैनन् । सामाजिक बहिष्करणमा पर्ने डरले कुष्ठ प्रभावित त उपचारको दायरामा आउन नै चाहँदैनन् । यसले संक्रम दर बढ्दै जाने समस्या छ । यस्तो समस्या हटाउन रुपन्देहीको देवदहमा प्रभावितहरुलाई लक्षित गरी उपेक्षित उष्ण प्रदेशीय रोगहरु र स्वयम हेरचाह सम्बन्धि सचेतना जगाउन थालिएको छ ।

कृष्ठप्रभावितलाई प्राथमिकता दिइएको छ ।  प्रभावितको समूह बनाएर स्वयम् हेरचाह गर्न सिकाउने, रोगप्रतिको गलत धारणा हटाउने र रोगीलाई उपचारको दायरामा ल्याउने उद्देश्यले  सचेतना कार्यक्रम गरिएको हो । देवदह नगरपालिकाले उपेक्षित उष्णप्रदेशीय रोगबाट संक्रमितहरुको समूह बनाएर उनीहरुलाई उपचारको दायरामा ल्याउन र बहिष्करणमा पर्न नदिन नगरपालिकाले यसअघि  नै स्वयं हेरचाह समूह गठन तथा परिचालन कार्यविधि बनाएको छ। बहिष्करणमा परेका रोगीलाई उपचारको दायरामा ल्याउन र आगामी जीवन सहज बनाउन कार्यविधि बनाएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । उक्त कार्यविधिलाई टेकेर देवदहमा केरवानी स्वयम् हेरचाह कृषक समूह बनेको छ ।

आधारभूत स्वास्थ्य परियोजना अन्तरगत नगरपालिकाको अगुवाइमा केरवानी स्वास्थ्य चौकीको मातहतमा रहनेगरी नगरपालिकाको अगुवाइमा फेयर मेड र इन्द्रेणी ग्रामिण विकास केन्द्रले समूह बनाएका हुन् ।  लक्ष्मण परियारको अध्यक्षतामा बनेको १७ सदस्यीय समितिमा उपाध्यक्ष मीना कुमारी कुंवर र सचिवमा निरिशा कुमारी कुंवर रहेका छन् ।

यसैबीच आधारभूत स्वास्थ्य परियोजना  अन्तगत उपेक्षित उष्ण प्रदेशीय रोग विरुद्ध सचेतना कार्यक्रम संचालन भएको  छ । ३ दिने तालिममा कुष्ठ रोग, हात्तीपाइले लगायतका रोगका प्रभावित र अपाङ्गता भएका व्याक्तिहरुको सहभागिता छ ।  तालिमको सहजीकरण देवदह नगरपालिकाका स्वास्थ शाखा प्रमुख काशीनाथ बन्जाडे र केरवानी स्वास्थ्य शाखा प्रमुख काशिराम रेग्मीले गरे । उनिहरुले हात्ती पाइले कुष्ठरोग, डेंगु लगायतका रोग कसरी चिन्ने र रोगको संक्रमण भइसकेपछि कसरी क्षति घटाउने भन्नेबारेमा पशिक्षण गरेका छन् ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै आधारभूत स्वास्थ परियोजना रुपन्देही  जिल्ला संयोजक किरण श्रेष्ठले कुष्ठरोग, हात्तीपाइले लगायतका उपेक्षित उष्णप्रदेशीय रोगीलाई नियमित उपचारमा जोड्न अभियान चलेको बताए । प्रभावितलाई जीवन जीउने कला सिकाउन यस्तो तालिम आयोजना गरिएको उनले बताए । सामुदायिक स्वास्थ अधिकृत सुरक्षा पौडेल सामुदायिक स्वास्थ अधिकृत मन्जु घिमिरे लगायतले समेत सहजीकरण गरेका थिए । तग्थ्यांक अनुसार देवदह नगरपालिकामा ५ सय ५१ जना कुष्ठ प्रभावित छन् । त्यसमध्ये २१ जनाले औषधि खाइरहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।