ताजा अपडेट »

तिनाउमा सहकारी समन्वय समिति गठन

शनिबार, २३ मंसिर २०८०, १० : ५५
60 Shares
शनिबार, २३ मंसिर २०८०
60 Shares

तिनाउ । पाल्पाको तिनाउ गाउँपालिका र मिलीजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोभानको संयुक्त आयोजनामा तिनाउका सहकारी र अबको बाटो विषयक छलफल गरी समन्वय समिति गठन भएको छ । सहकारी अभियन्ता दलबहादुर गुरुङले तिनाउमा रहेका सहकारीको वर्तमान अवस्था, देखा परेका समस्या, समाधानका उपायहरु र अबको बाटो सम्बन्धमा प्रस्तुती दिएका थिए ।

सहभागीहरुले आफ्ना सहकारीमा देखा परेका समस्याहरु र समाधानका उपायहरुका बारेमा व्यापक छलफल र खोजी गरेका थिए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा रहेका सहकारीहरुमा देखा परेका वा पर्न सक्ने समस्या र अवस्थालाई मध्यनजर गरि आयोजना गरिएको उक्त कार्यक्रम फलदायी भएको उल्लेख गरे । उनले गठित सहकारी समन्वय समितिमार्फत आफ्नो पालिकाले सहकारी शिक्षा, सचेतना कार्यक्रम र व्यवस्थापनमा जोड दिने बताए ।

गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले तिनाउमा रहेका सबै सहकारीहरुको अनुगमन र नियमनमा जोड दिने बताउँदै पालिकाले सहकारीलाई उचित वजेटको व्यवस्थापन गरिदिने बताए । साथै कार्यक्रममा तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले सहकारीको उत्तम सञ्चालन र व्यवस्थापनका लागि सहकारीहरुका बीच गोष्ठी, सेमिनार,छलफल र अन्तर्कियात्मक कार्यक्रम जरुरी रहने बताए ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट दिलकुमारी रोका, ओमबहादुर सुनारी, रवीन्द्र पौडेल, कमल ढकाल लगायतले सहकारी सम्बन्धि छलफल कार्यक्रम आवश्यक रहेको बताए । समस्याहरुलाई समाधान गर्न यस्तै छलफल अनिवार्य हुने समेत उल्लेख गरे ।

सहभागीहरुले रवीन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय सहकारी समन्वय समिति, तिनाउ गठन गरेको छ । जसमा सहसंयोजक दिलकुमारी रोका, सचिवमा कमल ढकाल, कोषाध्यक्षमा ओमबहादुर सुनारी र सदस्यहरुमा भगवती बस्याल, नरेन्द्र थापा र तिलबहादुर राना चयन भएका छन् । जसले ६ महिनाभित्र विधान तयार गरि दर्ता गर्ने, पालिकासँग निरन्तर सम्पर्क र समन्वय गर्ने अनि नियमित बैठकमा जोड दिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।