ताजा अपडेट »

बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध

बुधबार, १३ मंसिर २०८०, १० : ४२
144 Shares
बुधबार, १३ मंसिर २०८०
144 Shares

बुटवल । बुटवल आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएपछि यहाँको सुरक्षालाई कडा पारिएको हो ।

अस्पताल परिसरमा बाक्लो रुपमा सुक्षाकर्मी परिचालन गरिएको छ भने मूल गेटबाट सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । कुटपिटबाट घाइते बस्याललाई बुटवलकै लुम्बिनी प्रादेशिक अस्पतालको आईसियू कक्षमा उपचार भैरहेको अस्पताल स्रोतले जनाएको छ ।

आम्दा अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर छलफल भैरहेको समयमा मँगलबार बस्यालमाथि कुटपिट भएको थियो । गुल्मी सत्यवती गाउँपालिका ठूलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिए । प्रसुती गराउने क्रममा शिशु सकुशल जन्मे पनि आमाको मृत्यु भएपछि आफन्तहरुले बिरोध जनाएका थिए ।

अस्पतालका मेसु बस्यालमाथि कुटपिटमा संलग्न आधा दर्जन बढीलाई नियन्त्रमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आइसियूमा उपचाररत डा. बस्यालको स्वास्थ्य अवस्था अहिले खतरामुक्त र स्थिर रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. सुदरेशन थापाले जानकारी दिए ।

मृत्यु भएसंगै विवाद बढेपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । बिरामीको मृत्यु भएपछि अस्पतालका मेसु बस्यालसहित मेट्रोन सुशिला विश्वकर्मा र प्रशासकीय अधिकृत खगेन्द्र क्षेत्री आफन्तहरुसँग मँगलबार छलफलकै क्रममा रातको करिब पौने २ बजे करिब १२/१३ जनाको समुहले एक्कासी गरेका  थिए ।

अस्पतालका प्रशासकीय अधिकृत खत्रीका अनुसार मंसिर ११ गते अप्रेशन गरि भवानीले स्वस्थ बच्चा जन्माएकी थिईन भने आमाको स्वास्थ्य अवस्था पनि सामान्यनै थियो ।  अर्को दिन उनलाई पोष्ट अप्रेटिव वार्डमा राखिएको थियो । आमा र बच्चा दुबैको अवस्था ठिक भए पनि मंसिर १२ गते मँगलबार आमाको स्वास्थ्यमा एक्कासी समस्या देखिएको थियो । भोलि पल्ट १२ गते दिनको १ बजेर ५० मिनेटमा मृत घोषणा मृत घोषणा गरिएको थियो ।

मृतकका श्रीमान निशान थापाका अनुसार अस्पताल प्रशासनले आफूहरुको मागलाई बेवास्ता गरेका कारण यस्तो घटना सिर्जना भएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।