ताजा अपडेट »

भिजन लुम्बिनीको आईपीओ बाँडफाँट

मंगलबार, ०५ मंसिर २०८०, ११ : ३९
70 Shares
मंगलबार, ०५ मंसिर २०८०
70 Shares

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको बाँडफाँट भएको छ । भिजन लुम्बिनीले सर्वसाधारणमा जारी गरेको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको कार्यलयमा मंगलबार बिहान बाँडफाँट गरेको हो।

क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको थियो।

क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट गरेको छ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।