१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

कोलम्बो । श्रीलंकाको राजधानी  कोलम्बोमा सम्पन्न १० औं अन्तर्राष्ट्रिय  सोतोकन खुला कराँते  प्रतियोगितामा नेपालको रुपन्देही  तिलोत्तमा नगरपालिका-१४ स्थित अन्तर्राष्ट्रिय  विद्यालय नमस्ते एकेडेमीबाट सहभागी विद्यार्थीले उत्कृष्ट  प्रदर्शन गरेका छन्।

Advertisement

१० औं अन्तर्राष्ट्रिय जापान सोतोकन  खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै ३ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गर्न सफल भएका छन् । बन्दरागमन अन्तर्राष्ट्रिय इन्डोर स्टेडियममा भएको खेलमा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र माल्दिब्सका खेलाडीहरुको सहभागिता रहेको थियो।

श्रीलंकाको राजधानी कोलम्बोमा 
नेपालको प्रतिनिधित्व गर्दै श्रीलंकामा रहेका नमस्ते एकेडेमीका विद्यार्थीहरु देवकुमार शाहले कुमिते बिधामा एक स्वर्ण र काँता बिधामा १ रजत तथा बेद जैसवाल र अन्स चौधरीेले कुमिते बिधामा स्वर्ण पदक प्राप्त गर्न सफल भए । त्यसै गरी आइलेसजङ्ग थापाले रजत पदक र नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर  कुमालले कास्य पदक प्राप्त गरे । एकेडेमीबाट सहभागी ७ जना विद्यार्थीले विभिन्न विधामा उत्कृष्ट  खेल प्रदर्शन गर्दै नेपाल र नेपालीको नाम दक्षिण यसियामा चम्काउन सफल भएको  टिम व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले जानकारी दिए ।

समुदघाटन समारोहमा नेपाल र नेपाली  खेलाडीको खेललाई  हौसला दिन श्रीलंका  पुगेका नेपालका चर्चित न्युरोलोजिस्ट डाक्टर लेखजङ्ग थापाले आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे । सहभागी राष्ट्रका खेलाडीलाई  हौसला दिँदै  यस्तो भव्य र सभ्य खेल आयोजना  गर्ने श्रीलङ्कन कराँते एसोसिएसनलाई रु एक लाखको चेक  हस्तान्तरण  गरे । नेपाल र नेपालीको  नाम विदेशी भूमिमा चिनाउन  सफल कराँते र यसका खेलाडी, कोच र रेफ्रीलाई राज्यले उचित ध्यान दिनु पर्ने खेल प्रशिक्षक कमरुद्दिन अलीले बताए।

नमस्ते एकेडेमीले यसअघि २०२२ मा  श्रीलंका र २०२३ मा मलेसिया गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो । कराँते च्याम्पियनपछि श्रीलंकाका विभिन्न शैक्षिक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम  समेत रहेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण