१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

गुल्मी । तिहारको टीका थाप्न दिदीको घर हिँडेका गुल्मीका एक युवा बाटोमै मृत अवस्थामा फेला परेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ३ सिख्रास्थित भीरमा ती युवा मृत फेला परेका हुन् । मृत फेला पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारा बस्ने ३६ वर्षीय खुम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कात्तिक २९ गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ३ सिख्रास्थित आफ्नो दिदी कमला घर्तिको घरमा तिहारको टिका लगाउन भनी हिँडेका घर्ती शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार टिका लगाउन घरसम्म नपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच गुल्मीको कालिगण्डकी गाउँपालिका-१ बकेवाका एक युवा शनिबार मृत अवस्थामा फेला परेका छन् ।  कार्तिक ३० गते अन्दाजी साँझ ७ बजेको समयमा घरबाट हिँडेका गुल्मी कालिगण्डकी गाउँपालिका-१ बकेवा बस्ने उमापति भट्टराईको छोरा २९ वर्षीय रमेश भट्टाराई मृत फेला परेका हुन् । घरबाट हर्मिचौरतर्फ लु.१६ प. ४३९५ नम्बरको मोटरसाइकलमा गएकोमा घरमा फर्कि नआएकोले खोजी गर्दा शनिबार हनुमान पार्क स्थित कच्चि सडक खण्डदेखि अन्दाजी २० मिटर तल भिरमा मृत अवस्थामा फेला परेका थिए ।  अनुशन्धानको लागि ईलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट प्रहरी निरीक्षक अनिल थापा सहितको प्रहरी टोली खटि गई  अनुसन्धानको कार्य भईरहेको जनाइएको छ । सवारी ज्यान सम्वन्धी कसुरमा जाहेरी दिएको र सवको  गुल्मी जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम पश्चात आफन्तीले वुझी लगेको प्रहरीले जनाएको  छ  ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै