१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिश्वभरका नगरपालिकाहरुको संस्था सिटीनेट (CITYNET) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरु बीच आपसि सहयोग र सहकार्यमा जोड दिने मन्चको रुपमा रहेको उक्त संस्थामा प्रवेश गर्ने तिलोत्तमा नयाँ नगरपलिकाहरु मध्ये नेपालकै पहिलो नगरपालिका बनेको हो ।

दक्षिण कोरियाको सियोलमा सचिबालय रहेको यस संस्थाको कार्यसमितिमा सर्ब सम्मत रुपमा तिलोत्तमालाई सदस्यता प्रदान गरेको नगरका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । विश्वभरका नगरपालिकाहरु सदस्यता प्राप्त गर्नका लागि आकर्षित हुने यस संस्थामा आवद्धतासँगै तिलोत्तमाले बिकासमा थप एक सफलताको खुड्किलो उक्लिन सफल भएको उनले दाबी गरे ।

सिटीनेट सन् १९८७ मा स्थापित सहरको विकासका लागि प्रतिबद्ध निकाय र संस्था आबद्ध भएको संस्था हो। एसिया प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत अन्य सरोकारवाला आबद्ध रहेको संस्था ‘सिटीनेट’ले सहरलाई विकसित र समृद्ध बनाउनका लागि नेतृत्व गरिरहेका नेतृत्वकर्ताको क्षमता अभिवृद्धि गर्न सहयोग गर्छ। त्यसैगरी, सिटीनेटसँग आबद्ध भएका नगर र संघसंस्थाबीच असल अभ्यास र अनुभव आदानप्रदान गर्ने गरिन्छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया