१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । चार देश सम्मिलित महिला टी २० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ताञ्जानियासँग पराजित भएको छ । हङकङस्थित वाङ नाइमा नेपाल २७ रनले पराजित भएको हो । 

Advertisement

जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल खराब प्रदर्शन गर्दै १९ बल अघि नै ८८ रनमा अलआउट भयो । सीता राना मगरले सर्वाधिक ४३ रन बनाउँदै एक्लै जितका लागि संघर्ष गरेपनि हार टार्न सकिनन् । कप्तान इन्दु वर्माले १५ र काजल श्रेष्ठले ९ रन बनाईन । अरुले बिर्सन लायक प्रदर्शन गरे । चार जना शून्यमा आउट भए । पूर्वकप्तान रुबिना क्षेत्री एक बल पनि सामना नगरी रन आउट भइन् ।

नेपालको शुरुवात नै निकै खराब रह्यो । पहिलो ओभरदेखि नै विकेट गुमाउन शुरु गरेको नेपालले १७ रनमा पाँच विकेट गुमाइसकेको थियो । एक किनारमा सीता रानामगरले राम्रो खेले पनि उनले अर्को किनारबाट साथ पाउन सकिनन् । उनी ४३ रन बनाएर नवौं विकेटका रुपमा आउट भईन, जतिबेला टिमको स्कोर ८७ थियो र उनी आउट भएपछि नेपालको खातामा एक रन मात्रै थपियो  । ताञ्जानियाका लागि सोफिया जेरोमीले ३, नीमा पिउसले २ विकेट लिईन्

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै१ सय १५ रन बनाएको थियो । तान्जानियाका लागि हुडा अमोरीले सर्वाधिक २५ रन बनाइन्। एलिसा महतो २१, सौम एमताइले  १६, फतुमा किबासु ११ र मोनिका पास्कल १० रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।  नेपालका लागि संगिता राईले  २ विकेट लिइन्। पूजा महतो, रुविना क्षेत्री र कप्तान इन्दु बर्माले समान एक–एक विकेट बाँडे ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता