१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । बुटवल-११ योगिकुटीमा अवस्थित देवस्थल मन्दिर परिसरमा आइतबार विशेष पूजासहित मूल घण्ट प्रतिष्ठापन गरिएको छ । स्वर्गीय चन्द्रवीर खाम्चा र नम्रता खाम्चाको स्मृतिमा उनका परिवारले अष्टधातुद्वारा निर्मित ४ लाख ५० हजारको मूल घण्ट मन्दिरलाई सौजन्य गरेको हो ।

Advertisement

बुटवलका युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले मूल घण्टको प्रतिष्ठापनपछि बोल्दै योगीहरुको कुटीको रुपमा रहेको देवस्थल मन्दिरलाई चिनिँदै आएकाले संरक्षणमा सबैले पहल गर्नु पर्ने बताए । मन्दिरलाई थप आधुनिकीकरण गरि धार्मिक पर्यटकहरु पनि आएर बस्न मिल्ने गरि मन्दिरको बिकास गर्नु पर्नेमा उनले जोड दिए । मन्दिर व्यवस्थापनका लागि आवश्यक आर्थिक सहयोग संकलन तथा सहकार्यका लागि आफू सधै तयार रहेको उनले बताए ।

मन्दिरका मुख्य पुजारी कुस्माखर न्यौपानेसहितका पूजारीहरुले स्वस्ती बाचन गरि पूजा आरधनासहित घण्ट प्रतिष्ठापन गरिएको थियो । स्वर्गीय खाम्चा दम्पत्तीका बुटवल-११ निवासी टोल बहादुर खाम्चा, होमबहादुर खाम्चा, स्वर्गीय तारा बहादुर खाम्चा, भिमबहादुर खाम्चा र जँगबहादुर खाम्चाको परिवारसहित छोरीहरु स्वर्गीय गौमाया थापा, बसन्ती थापा, प्रेम कुमारी आले, तिलकुमारी आले र फूलकुमारी पुनको परिवारले माता पिताको स्मरणमा मन्दिरलाई घण्ट दान समर्पण गरेका हुन । यसैगरि नातीहरु मनिप खाम्चा, कपिल खाम्चा र उज्वल खाम्चाको समेत उपस्थिति रहेको थियो । वि.स. २०१७ सालअघिदेखि पूजाआजा गरिँदै आएको देविस्थल मन्दिरमा हरेक वर्षको नवरात्रमा विभिन्न विधिपूर्वक पूजाआजा गरिनुका साथै हरेक दिन पूजारीबाट आराधनाको काम हुँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक गुरुङले बताए । मन्दिरलाई समय सापक्ष बिकास र पुनःनिर्माण गर्दै लगिने उनले बताए ।

कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष भक्तबहादुर कार्की, सल्लाहकार महेन्द्र थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । मन्दिर बिकास समितिका वरिष्ठ उपाध्यक्ष पुष्पा शर्माको स्वागत तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध