२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बुटवलका जीवनप्रसाद वझा नियुक्त भएका छन् । वझा बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) का संस्थापक अध्यक्ष हुन् भन वर्तमान स्थायी बोर्ड सदस्य समेत छन् ।

Advertisement

अस्पताल विकास समिति गठन तथा संचालन नियमावली, २०८० को नियम ३ को उपनियम १ को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको कात्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा अर्थमन्त्री स्तरको बैठकले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो । कार्यबाहक मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले लुम्विनी प्रदेशका १३ वटा अस्पताल मध्ये माओवादी केन्द्रले ४ र बांकी अस्पताल कांग्रेस लगायत अन्य साना दललाई अध्यक्ष दिइएको छ ।

दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्वको अस्पतालको अध्यक्षमा माओवादी केन्द्र र बांकी अस्पताल विकास समितिको अध्यक्षमा कांग्रेस लगायत अन्य दलका कार्यकर्तालाई अध्यक्ष बनाइएको छ । अध्यक्षहरुको नियुक्तिबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्वन्धित अस्पताललाई बोधार्थ पठाईएको छ ।

त्यसैगरी प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखांची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै