१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

गुल्मी । अर्थशास्त्री तथा पूर्व अर्थराज्यमन्त्री उदय शम्शेर राणाले नेपालमा धमाधम बन्दै गरेका विमानस्थलहरुको अर्बौं लगानी अनुत्पादक हरेको बताएका छन् । गुल्मी उद्योग संघले उपल्लो तम्घासमा सञ्चालन गरिरहेको गुल्मी महोत्सवको अवसरमा आयोजित गुल्मीमा लगानी सम्भाव्यता अध्ययन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेका राणाले यस्तो बताएका हुन् ।

‘काठमाण्डौंको एउटा अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै विकल्प स्वरुप अर्को विमानस्थल चाहिन्छ । जुन निजगढमा छ । पोखरमा २८ अर्ब र नजिकै ४० किलोमिटरको दुरीमा रहेको लुम्बिनीमा साढे ९ अर्ब भन्दा बढी खर्चेर बनाउन आवश्यक थिएन् ।’–राणाले भने । देशभर बनेका आन्तरिक विमानस्थल पनि खर्चभार बढी उपलब्धी कम भएको उल्लेख गर्दै उनले देशभर अहिले ६६ वटा आन्तरिक विमानस्थल बनेको र जसमध्ये ३८ वटा मात्रै सञ्चालनमा रहेको बताए । गुल्मीको रेसुंगा विमानस्थलको उदाहरण दिँदै उनले प्रश्न गरे ‘हप्तामा दुई चोटी मात्रै उडान भएपछि त्यो लगानीको परिपूर्ति कहिले होला ?’

हालसम्म विमानस्थलमा खर्चिएका लगानी परिपूर्ति गर्न अबको ८५ वर्ष लाग्ने बताउँदै उनले मोटरबाटो पनि त्यसरी नै राजनैतिक र जनदबाबमा अनावश्यक रुपमा खन्दै आइएकाले अब रोक्न स्थानीय सरकारलाई सुझाव दिए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर