१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

तिलोत्तमा । एफइसी बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य पदम श्रेष्ठको निधन भएकोमा उनको परिवारलाई राहत प्रदान गरेको छ । एफईसी धनकोस साकोस रूपन्देही तिनपा ९ अन्तर्गत गुल्मी रूरू गाउँपालिकाको बलेटक्सारमा रहेको सहयोगी सेवा केन्द्रका सक्रिय सदस्य श्रेष्ठको केही दिनअघि निधन भएको थियो ।

Advertisement

उनको निधनमा श्रदान्जली दिन र परिवारलाई समवेदना व्यक्त गर्न गुल्मीको टाहटिम पुगेको सहकारीको टोलीले श्रेष्ठ परिवारलाई राहत रकम प्रदान गरेको हो ।

सहकारीका अध्यक्ष तारानाथ कंडेलले राहतस्वरुप एकलाख १५ हजार रुपियाँको चेक श्रेष्ठ परिवारलाई हस्तान्तरण गरेका हुन् । परिवारमा समवेदना सहित राहत प्रदान गर्न सहकारीका अध्यक्ष कंडेलसहित सञ्चालक सदस्य बेदप्रसाद कंडेल, हरिप्रसाद कंडेल, कमल श्रेष्ठ र अन्य शेयर सदस्यका साथै वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवाली गुल्मी पुगेका थिए ।

सहकारीले एक कार्यक्रमका बीच स्वर्गीय श्रेष्ठको परिवारलाई राहत प्रदान गरेको सहयोगी सेवा केन्द्रका कर्मचारी नेत्र ज्ञवालीले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ