१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । सरसफाई वातावरण तथा हरियाली प्रबर्धन समिति बुटवल उपमहानगरपालिका १२ र १३ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नयाँ गाउँ खानेपानी तथा सरसफाई संस्थाको सहयोगमा विहिबार सो कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले सभ्य र सामान्य रुपमा चाडपर्व मनाउनु पर्ने बताए । साथै आउँदै गरेको तिहारमा दान बाफत ११ हजार भन्दा बढी रकम नदिने कार्यपालिकाको बैठकबाट निर्णय भएको बताउँदै यसलाई इमान्दारिता पूर्वक कार्यान्वयन गर्न आग्रह गरे । सरसफाई वातावरण तथा हरियाली प्रबर्धन समिति बुटवल उपमहानगरपालिका १२ र १३ का संयोजक तथा वडा नम्बर १२ का वडा सदस्य गंगादत्त पौडेलले सरसफाई कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अघि बढाउनु पर्ने बताए । मानिस स्वस्थ रहनका लागि सरसफाई महत्वपूर्ण रहेकाले आफ्नो घर मात्रै नभएर समाजलाई सफा र सुन्दर गराउनु पर्ने बताए ।

कार्यक्रममा वडा नम्बर १३ का वडा सदस्य झविन्द्र थापा, नयाँ खानेपानी तथा सरसफाई संस्थाका सल्लाहाकार र्धमराज शर्मा आचार्य, नयाँ खानेपानीकी अध्यक्ष रमा केसी, भैरहवा कुलापानी समितिका अध्यक्ष दयाराम न्यौपाने, लेखा संयोजक ज्ञानु पौडेल, सालधारी खानेपानीका सचिव रुद्र राना, बेलबार खानेपानीका उपाध्यक्ष जीवलाल पन्थी र टोल विकास संस्थाहरुको तर्फबाट नयाँ गाउँ टोल विकास संस्थाका सल्लाहाकार चोपकला पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै सरसफाई एक पटक गरेर मात्रै नहुने भएकाले यसलाई निरन्तर रुपमा गरिरहनु पर्ने बताएका थिए ।

साथै उनीहरुले चाडपर्वलाई तडकभडक भन्दा पनि सामान्य र सभ्य रुपमा माउन जोड दिएका थिए । सरसफाई वातावरण तथा हरियाली प्रबर्धन समिति बुटवल उपमहानगरपालिका १२ र १३ का संयोजक गंगादत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव गिरीराज कुँवरको संचालन र उपाध्यक्ष मिना जिसीको स्वागत मन्तव्य राखेकी थिइन् । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बुटवल उपमहानगरपालिका १२ र १३ का ४९ वटा टोल विकास संस्थाका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै