ताजा अपडेट »

सार्वजनिक सवारीमा पकेट मार्दै हिड्ने बुटवल देविनगरका बस्याल पक्राउ

सोमबार, १३ कार्तिक २०८०, १९ : १९
68 Shares
सोमबार, १३ कार्तिक २०८०
68 Shares

बुटवल । सार्वजनिक सवारीका साधन तथा सार्वजनिक थलोहरुमा लुटपाट पकेटमारको काम गर्ने एक पुरुषलाई बुटवल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उप-महानगरपालिका वडा नम्बर११ प्रगतिनगर बस्ने ४६ वर्षीय प्रवेश बस्याल रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बस्याललाई आइतबार बेलुका बुटवल-९ नयाँबसपार्कबाट पक्राउ गरिएको हो ।  बस्यालले बुटवल-भैरहवा सडक खण्डमा चल्ने सार्वजनिक यातायातमा सवार गर्ने यात्रुहरुलाई लुटपाट तथा पकेटमार गर्ने गरेका थिए । उनलाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भई रहेको  प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।