१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । रुपन्देहीको भैरहवामा शनिबार आयोजित ‘माया रोटरी हाफ म्याराथन-२०२३’ को उपाधि अनिश थापाले हात पारेका छन् । भारतीय सेनामा कार्यरत पर्वतका ३३ वर्षीय थापाले निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घण्टा ६ मिनेट ४३ सेकेन्डमा पूरा गरेका हुन् ।

Advertisement

‘आजै पोलियो उन्मुलन गरौं’ भन्ने मुल नारासाथ आयोजित हाफ म्याराथनमा नेपाली सेनामा कार्यरत बैतडीका २८ वर्षीय नरेन्द्रसिंह राना दोस्रो भए । उनले निर्धारित दुरी १ घण्टा ७ मिनेट ४ सेकेन्डमा पार गरेका थिए । नेपाली सेनामा कार्यरत महेन्द्रनगरका मुकेशबहादुर पालले १ घण्टा ८ मिनेट ४२ सेकेन्डमा निर्धारित दुरी पार गरेर तेस्रो स्थान हासिल गरे ।

भैरहवाको बुद्वचोकबाट बिहान सुरु म्याराथनमा दुई सय धावक सहभागी थिए । म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै विभिन्न क्लव र व्यक्तिगत धावक सहभागी भएका थिए । बुद्वचोकबाट सुरु दौड देवकोटा चोक, बसन्तपुर, बेलहिया बाइपास, पर्यटकीय द्वार हुँदै पुनः देवकोटा चोक, गौतमबुद्व विमानस्थल भएर लुम्बिनी गेट हुँदै आवारोडस्थित सानु डिपार्टमेन्टल चोकमा आएर समापन भएको थियो ।

म्याराथनमा प्रथम भएका थापालाई १ लाख, दोस्रो हुने रानालाई ७५ हजार, तेस्रो भएका पालालाई ५० हजार रुपैयाँ नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । साथै दुईरदुई जना महिला र पुरुषलाई सान्त्वना पुरस्कार स्वरुप ५र५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पोलियो उन्मुलनको सन्देश दिन रोटरी क्लव अफ लुम्बिनी सिद्वार्थनगर, रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लव भैरहवाले म्याराथन आयोजना गरेका हुन् । रोटरी क्लव अफ सेन्ट्रल बुटवल र रोटरी क्लव अफ राजधानी सह आयोजक रहेको रोटरी डिष्ट्रिक पब्लिक इमेज चेयर तथा म्याराथन संयोजक राजकुमार गुप्ताले बताए । प्रत्येक वर्ष पोलियो दिवसका दिन आयोजना हुँदै आएको म्याराथन कोरोना महामारीका कारण यसअघि स्थगित रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या !