१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

टवल । बुटवलको बसपार्कमा विजया दशमी, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गर्दै नागरिक/यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्व मनाउन गन्तव्यमा जाने यात्रुहरुलाई पर्ने समस्या समधानका लागि बसपार्कमा नागरिकरयात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

Advertisement

उक्त कक्षको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । सो अवसरमा उनले सवारी चालकहरुले आफ्नो उत्तरदायित्व सम्झेर सवारी चलाउन आग्रह गरे । त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई शुक्ष्म ढंगले अध्यायन गरी त्यसको निवारणमा लाग्न सवै प्रहरी युनिटहरुलाई आग्रह गरे । मानिसहरुको बढि भिडभाड हुने क्षेत्रमा नै अपराधिक गतिविधि बढ्न सक्ने भन्दै उनले जनताको सेवामा सुरक्षाकर्मी दत्तचित्त भएर लाग्नुपर्ने बताए । साथै उनले यात्रु स्वयम समेत यात्राका क्रममा सचेत हुनुपर्ने बताए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरिक्षक कृष्ण पछाईले यात्रुहरुलाई लक्षित गरेर लुम्बिनी प्रदेशमा ५४ वटा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए । उनंले चाडपर्व लक्षित विभिन्न प्रहरी युनिटमा विशेष टिम बनाएर परिचालन गरिएको बताए । सवारी दुर्घटनाको मुख्य कारण नै तिब्र गति भएको भन्दै उनले यसैलाई दृष्टिगत गर्दै राजमार्गमा चाडपर्व लक्षित राडर गनबाट गति मापन समेत गरिने बताए । दुर्घटनाका अन्य धेरै कारण मध्ये तिब्र गति ७३ प्रतिशत रहेको भन्दै त्यस बाहेक चालकको लापबाही बाट पनि दुर्घटना हुने गरेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रा।लीका अध्यक्ष दधिराम खरेल, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक दान बहादुर थापा लगाएतले बोल्दै दुर्घटना न्यूनिकरणका लागि सवैको सामुहिक पर्यत्न जरुरी रहेको बताएका थिए । सोही अवसरमा चालकलाई सम्मान समेत गरिएको थियो भने बसहरुमा सचेतनामुलक स्टीकर टांस तथा सचेतनामुलक पम्पप्लेट वितरण गरिएको थियो ।

बेलहिया नाकामा पनि सहायता कक्ष स्थापना

नेपालीहरुमा महान पर्व बडा दसैं, दिपावली लगायतका पर्वहरु लाई लक्षित गर्दै बेलहिया नाकामा पनि नागरिक सहायता कक्ष स्थापना गरिएको छ । बिहीबार रुपन्देहीको बेलहिया नाकामा नागरिक सहायता कक्ष स्थापना गर्दा चालकलाई माला लगाइदिएर सहायता कक्ष उद्घाटन गरियो । उनीहरुलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक व्यवहार गर्न सिकाइयो । विगतमा भन्दा फरक र नौलो अभ्यास गरेर सहायता कक्ष उद्घाटन गर्दा चालक, सहचालक र यात्रुमा हौसला थपिएको अपेक्षा गरिएको छ ।

दसैं लगायतका पर्वहरु नजिकिँदै गर्दा नेपाल आउने पर्यटक, भारतलगायतका मुलुकबाट रोजगारी गरेर फर्कने नेपाली र मुलुकभित्रै विभिन्न ठाउँमा आउजाउ गर्ने सर्वसाधरणलाई लक्षित गरि नागरिक सहायता कक्ष स्थापना गरिएको हो । यस्ता सहायता कक्ष प्रदेशका १२ जिल्लाका ५४ ठाउँमा स्थापना गरिएको छ ।

जिल्ला प्रशासन, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतको पहलमा प्रदेशभर सहायता कक्ष स्थापना गरिएको हो । सीमा क्षेत्रका सहायता कक्षमा पहिलोपटक स्वास्थ्य जाँचदेखि औषधिसम्म एकीकृत सेवा प्रदान गरिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधरणसहित आमगरिकलाई सयोग पुग्ने रुपन्देहीको प्रमुख जिलला अधिकारी गणेश अर्यालले बताए ।

सहायता कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्वास्थ्यकर्मी नियमित खटिने छन् । चालक र सह–चालकको दैनिकरुपमा र यात्रु, पर्यटक सर्वसाधरणको आवश्यकताका आधारमा स्वास्थ्य जाँच गरिनेछ । चालक र सहचालकको आँखाको भिजन ज्वरो, ब्लडप्रेसर, मापसे र लापसे (लापरबाही गरे/नगरेको) परीक्षण हुनेछ ।

आश्यकताका आधारमा औषधि, माक्स, स्यानिटाइजर उपलब्ध गराइनेछ । विरामी भेटिए अस्पताल पठाइनेछ । यससँगै, ट्राफिक नियमबारे सचेत बनाइनेछ भने विभिन्न गन्तव्यसम्मको भाडादर बारे जानकारी गराइने छ । भाडा वढी लिएमा, यात्रामा कर्मचारीबाट दुव्र्यवहार भएमा, एउटै टिकट एक भन्दा बढी यात्रुलाई बेचेमा, चोरी वा लुटपाट भएमा सहायता प्रदान गरिनेछ ।

समस्या परेमा प्रहरीलाई सम्पर्क गर्ने माध्यमबारे जानकारी दिइनुका साथै बाटो काट्दा अपनाइने उपायबारे सिकाइनेछ । यसले यात्रुको गन्तव्य सहजताका ल्याउने छ भने चालकलाई पनि होसियारी अपनाउन टेवा पुग्ने विश्वास छ ।

सहायता कक्षमार्फत् चाडपर्वको वेला बाह्य तथा आन्तरिक यात्रुहरूको आवागमन सुरक्षित गाउन, सीमा क्षेत्र र आन्तरिक यात्रामा हुनसको झन्झट र अवान्छित गतिविधि नियन्त्रण गर्न, यात्रुहरुलाई गन्तब्यमा सुरक्षित पुर्याउने जिम्मेवारी लिएका चालक र सहचालकलाई उनीहरुको पेशाको सम्मान गर्नुपर्ने भावना जागृत गराउन, नागरिकको सुरक्षित यात्रा सुनिश्चित गर्न यातायात व्यवसायी, प्रहरी र सरोकारवालाको भूमिका प्रभावकारी बनाउन र दुव्र्यवहार, दुर्घटना न्युनीकरणमा समेत सहयोग पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने