ताजा अपडेट »

बौद्धमा गोली प्रहार गरेर एकजनालाई लिइयो नियन्त्रणमा

विहीबार, २५ असोज २०८०, १४ : ३८
50 Shares
विहीबार, २५ असोज २०८०
50 Shares

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बौद्धमा गोली प्रहार गरेर एकजनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि ती व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । लुट्न आउन लागेको सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएसँगै उनीमाथि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । 

पक्राउ परेका व्यक्तिबाट पेस्तोल बरामद गरेको र गोली लागेर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।