गुल्मी । बुधबार साँझ गुल्मीको छत्रकोट गाउँपालिकामा एक परिवारको गोठ जल्दा भैंसी र पाँडा चौपाय जलेर घाइते भएका छन् । साँझ साढे ८ बजेतिर त्यसपालिका - काउलेका पशुपति पन्तको टिन छाएको दुई तले गोठ नजिकै कुडो पकाउने क्रममा आगो सल्केर गोठ जलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी डिल्लिनारायण पाण्डेका अनुसार भैंसी र पाँडा जलेर घम्भिर घाइते भएका छन्। घटनास्थलमा शृङ्गा प्रहरी चौकिबाट प्रहरी पुगेर स्थानीयबासी सहित ९:४० बजेतिर आगो नियन्त्रणमा लिईएको थियो ।अन्दाजी १५ हजार बराबरको क्षती भएको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया