१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

काठमाडौं । सरकारले वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी डिभाइस लाइसेन्स लिएर मात्र आयात, बिक्री वितरण, राख्न तथा प्रयोग गर्न अनुराेध गरेकाे छ । आवश्यक लाइसेन्स नलिएर सामाजिक सञ्जालका विभिन्न माध्यमबाट विज्ञापन गरी आयात, बिक्री वितरण तथा प्रयोग भइरहेको भन्दै मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले एक सूचना निकाल्दै लाइसेन्स लिएर मात्र रेडियो फ्रिक्वेन्सी डिभाइस प्रयोग गर्न अनुरोध गरेको हो ।

“नेपालमा वाकिटकी लगायतका रेडियो फ्रिक्वेन्सी प्रयोग भई सञ्चालन हुने रेडियो यन्त्रहरूको आयात गर्न, बिक्री वितरण गर्न, राख्न तथा प्रयोग गर्नका लागि रेडियो ऐन, २०१४ तथा रेडियो (सञ्चार) लाइसेन्स नियमावली, २०४९ बमोजिम लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ,” सूचनामा भनिएको छ, “हाल विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत गरी लाइसेन्स लिएर आयात बिक्री वितरण तथा प्रयोग गर्नुपर्ने वाकिटकी लगायतका रेडियो यन्त्रहरू अवैधानिक रूपमा लाइसेन्स नलिई बजारमा तथा अनलाइन माध्यमबाट बिक्री वितरण तथा प्रयोग भइरहेको भन्ने विषयमा यस सूचना तथा प्रसारण विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।

लाइसेन्स/अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरू आयात बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न समेत विभागले निर्देशन दिएको छ । र, त्यस्ता उपकरणहरूको वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत नगर्न विभागले सूचित गरेको छ । यदि लाइसेन्स नलिएरै विज्ञापन, आयात, बिक्री वितरण तथा प्रयोग गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने विभागले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप