१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

रुपन्देही । राजनितिक पार्टीमा आबद्ध रहेका युवाहरुले समाज परिबर्तनका मुद्धाहरुमा पनि बहस चलाउनु पर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन ।

Advertisement

सामाजिक परिबर्तन केन्द्र काठमाण्डौले बुटवलमा आयोजना गरेको राजनितिक पार्टीमा आवद्ध रहेका र नरहेका युवाहरु बिचको संबाद कार्यक्रममा बोल्ने युवानेताहरुले सामाजिक मुद्धाहरुको उठानमा कमजोर भएकै कारण बिद्यार्थी संगठनहरु प्रति आकर्षण कम हुदै गएको स्विकार गरेका हुन । एकातिर बैदेशिक अध्ययनको लहर तथा अर्को तर्फ बिद्यार्थी संगठनहरुको राजतिनिक मुद्धामा मात्रै अग्रसरता बिद्यार्थी संगठनहरुप्रति आकर्षण कम हुदै जानुका मुख्य कारण भएको उनीहरुको भनाई छ ।

कार्यक्रममा सहजिकरण गर्दै सामाजिक परिबर्तन केन्द्रका कार्यकारी निर्देशक डाक्टर प्रकास भट्टराईले समाजमा हुने र चलिरहने आकस्मीक परिबर्तनहरुले द्धन्द्धलाई बढाउन सक्ने भन्दै युवाहरुले समाजमा सदभाव बढाउन सामाजिक राजनितिक संगै सामाजिक मुद्धाहरुमा पनि बहस र पैरवी गर्नुपर्ने बताए। उनले सामाजिक सदभाव बढाउन युवाहरुको भुमिका अहम हुने भएकाले कहिलेकाही संगठनको दायरा भन्दा माथि उठेर शान्ती र सद्भावको लागि नेतृत्वदायी भुमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा अनेरास्वबियूका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज साजन भण्डारी , नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य बिकास पाण्डे, अखिल क्रान्तीकारीका केन्द्रीय सचिवालय सदस्य पारस राहदी मगर , बुटवल बहुमुखी क्याम्पसका स्वबियु अध्यक्ष दुर्गाबहादुर एम सि , यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसका स्वबियु अध्यक्ष महेश चौधरी , लुम्बिनी बाणिज्य क्याम्पसका स्वबियु सदस्य पुनम कुवर , अखिल क्रान्तीकारीका महिला बिभाग प्रमुख सपना देउती , तरुण दल शुद्धोधनका सुभाष तिवारी , बिप्लव निकट अखिल क्रान्तीकारीका जिल्ला सदस्य सुनिता बोगटी लगाएतले बोल्दै युवा बिद्यार्थीहरुले समाजमा सद्भाव कायम गर्नका लागि सामाजिक मुद्धाहरुलाई नजरअन्दाज नगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ