ताजा अपडेट »

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

मंगलबार, २३ असोज २०८०, १७ : ३६
50 Shares
मंगलबार, २३ असोज २०८०
50 Shares

धनगढी । कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

टीकापुर नगरपालिका–१  ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन्। सोहि स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।