१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023


बुटवल। बुटवल उद्योग बाणिज्य संघको भर्खरै सम्पन्न निर्वाचनमा हरि प्रसाद अर्यालको प्यानल बिजयी भएको छ। 

Advertisement

रुपन्देहीकै सबैभन्दा जेठो व्यवसायीक संस्थाको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघको नेतृत्वका लागि हरि प्रसाद अर्याल र दिनेश प्रसाद श्रेष्ठले अलग अलग प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। संघको २५ औं अधिवेशनबाट नया नेतृत्वको चयनका लागि सोमवार भएको मतदानमा संघमा आवद्ध १७७८ मतदाता मध्ये १५०६ मत खसेको थियो। 

अध्यक्षमा बिजयी हरि अर्यालले  ७७६ मत पाए भने उनका प्रतिस्पर्धी दिनेश श्रेष्ठले ६८९ मत पाए। त्यसैगरी उद्योग उपाध्यक्ष पदमा उम्मेदवार बनेका अर्याल प्यानलका सुरज भटराईले ७७८ मत पाएर बिजयी हुंदा दिनेश श्रेष्ठ प्यानलका नविन श्रेष्ठले ६७२ मत पाए त्यसैगरी अर्याल प्यानलका  मुक्ती अधिकारी ७६० मत पाएर महासचिव पदमा बिजयी हुंदा श्रेष्ठ प्यानलका बावुराम बिश्वकर्मा ६९८ मत पाए।

अध्यक्ष बिजयी अर्याल २०७७ सालको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवार बनेर उज्ज्वल कसजुसंग झिनो मतले पराजित भएका थिए। अर्याल स्टेशनरी व्यवसायी हुन्। पुस्तक तथा स्टेशनरी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भएर जिम्मेवारी निर्वाह गरि सकेका छन्। 

यस्तो छ, अन्तिम मतपरिमाण

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी