१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

सुर्खेत ।  डोल्पामा आयोडिन यूक्त नुन अभाव भएको छ । पुरानो नुन सकिएको र नयाँ ठेक्काको नुन आइनपुगेकोले डोल्पामा नुनको अभाव भएको हो ।  अहिले सदरमुकाम दुनैबाट प्रतिव्यक्ति ५ पोका मात्र दिने गरिएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट डोल्पामा अनुदानको नुन वितरण हुँदै आएको छ । सदरमुकाम स्थित डिपोमा ४९० क्वीन्टल आयोडिनयूक्त नुन मौजदात रहेको कार्यालय प्रमुख प्रकास धामीले बताए । उनको अनुसार यो नुन भनेको अत्यन्तै न्यून हो ।

Advertisement

जिल्ला भरीका सर्वसाधारणका लागि सदरमुकाममा मात्र नुन आइने भएपछि प्रतिव्यक्ति मुस्किलले ५ पोका दिने गरेको प्रमुख धामीले बताए । सदरमुकामबाट बाहिर रहेका सबै नुनका डिपोहरु रित्ता भएका छन् । उपल्लो डोल्पाको तिन्जे डिपोमा पाँच वर्ष देखि एक पोका नुन ढुवानी भएको छैन । चिनियाँ नाका भएर उपल्लो डोल्पामा नुन ढुवानी हुने भएपछि त्यहाँ नाका बन्द भएपछि पाँच वर्ष देखि नुन ढुवानी हुन नसकेको धामीले बताए । 

गाउँका डिपोमा नुन नै नभएपछि आफू सदरमुकाम स्थित डिपोमा नुन लिन पुग्दा समस्य भोगेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीयबासी राजिमान बुढाले बताए । बुढाले भने , ‘ नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या एकातीर छ भने अर्को तीर सदरमुकाम दुनै स्थित साल्ट ट्रेडिङले प्रति परिवार २ पोकाका  दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको २ पोका नुन खरिद गर्न दुईदेखि तीन हजार रुपैयाँ सम्म खर्च हुने हुने गर्छ ।’

यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोको अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । यी पाँच वटै विक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख धामीले बताए । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए ।

यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभरि नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल विक्री केन्द्रबाट ५० क्विन्टल नुन ल्याउन लागेको बताए । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले बताए । लिकु , सर्मी , तिज्ने  लगाएतका डिपोमा एक पोका नुन नभएको कार्यालय प्रमुख धामीले बताए । सदरमुकाम देखि बाहिरका डिपोमा कर्मचारीसमेत नभएको अवस्थामा रहेको छ । ठेकेदार आफैँले नुन लिएर बिक्री गर्ने काम हुँदै आएको छ । 

भेरी करिडोरको सडक मर्मत नभएका कारण थप ढुवानीमा समस्य हुँदै आएको छ । गाउँको डिपोमा लामो समय देखि आयोडिन यूक्त नुन नभएको पाइएको छ । सदरमुकाममा मात्र नुन राखेर जिल्ला भरी सोही नुन बिक्री हुँदै आएको छ । गाउँमा नामका मात्र डिपो भएका कारण यहाँका सर्बसाधारणले नुन नपाएका हुन् । जनप्रतिनिधिहरुले पटक ,पटक नुनको माग गर्दा पनि सुनुवाइ नभएको उपल्लो डोल्पामा जनप्रतिनिधिले बताएका छन् । डोल्पाबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले उपल्लो डोल्पाका कुरा सरकारले नसुुनेको बताए । चामल , नुन ढुवानी नभएको पाँच वर्ष भयो यो सरकारले के हेरेर बसेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने