ताजा अपडेट »

तिलोत्तमामा डुबानको समस्या समाधान गर्न एमालेको ध्यानाकर्षण

बुधबार, १७ असोज २०८०, १९ : २०
50 Shares

तिलोत्तमा । नेकपा एमाले तिलोत्तमा नगर कमिटीले तिलोत्तमाका विभिन्न स्थानमा भैरहेको डुबानको समस्या समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ । ढल निकास तथा नाली सरसफाईमा बेवास्ता गर्दा नगरपालिकाको व्यापारिक केन्द्र मणिग्राम, नयाँमिल, शंकरनगर, कोटिहवा लगायतका स्थानमा डुबानको समस्या देखिएको जनाउँदै एमालेले यसबाट आमनागरिकले कष्ट भोग्नु परेको जनाएको छ ।

पार्टीका नगर सचिवमिनप्रसाद पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै नगरपालिकालाई जनताप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । डुबानका कारण स्कूले विद्यार्थी, पैदलयात्री, साना सवारीसाधन तथा स्थानीय व्यापारीहरु सडकमा जोखिम मोलेर हिँड्नु परेको विज्ञप्तिमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।