ताजा अपडेट »

खैरो हेरोईनसहित सैनामैनाका २६ वर्षीय एक युवा पक्राउ

मंगलबार, १६ असोज २०८०, १७ : २९
42 Shares
मंगलबार, १६ असोज २०८०
42 Shares

बुटवल । लागु औषध खैरो हेरोईनसहित रुपन्देहीको सैनामैनामा सोमबार एक युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार सैनामैना–११ का २६ वर्षीय चित्र बहादुर मल्ल ४ ग्राम ६० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ परेका हुन् ।

प्रहरी टोलिले जिल्ला सैनामैना–११ फायरलाईन स्थितको महेन्द्र राजमार्गमा चेकजाचको क्रममा हरैया रुद्रपुर तर्फबाट आउदै गरेको लु ६४ प ४०४ नम्बरको स्कुटरमा आइरहेको अवस्थामा मल्ललाई पक्राउ गरिएको हो । घटना बारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।