ताजा अपडेट »

एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग

सोमबार, १५ असोज २०८०, ११ : २४
52 Shares
सोमबार, १५ असोज २०८०
52 Shares

काठमाडौं । भोली नेपाल र भारत बिच क्रिकेट प्रतिस्पर्धा हुदैँछ ।चीनमा जारी १९ औं एसियाली खेलकुद भोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो । कप्तान कप्तान रोहित पौडेलले प्रतिस्पर्धी टिम रोजाइको 'लक्की ड्र' निकाल्दा भारतको चिट निकालेका हुन ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेकाे थियाे, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।