ताजा अपडेट »

कानुङ बचत तथा ऋण सहकारीद्वारा रक्तदान

आइतबार, १४ असोज २०८०, १६ : ४६
42 Shares
आइतबार, १४ असोज २०८०
42 Shares

बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल(४, रुपन्देहीले आफ्ना शेयर सदस्यहरुमध्ये एक सय १० जनाबाट रगत संकलन गरि शनिवार रक्त सञ्चार केन्द्र,बुटवलमा सहयोग गरेको छ ।

विगत वर्षमा झैं यस वर्ष पनि आफ्ना शेयर सदस्यहरुबाट रगत संकलन गरी शेयर सदस्यलाई नै आवश्यकताका आधारमा सहयोग गर्ने उद्देश्यका साथ रगत संकलन गरिएको संस्थाका अध्यक्ष टोपबहादुर थापाले बताए । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने मनसायले रगत संकलन गर्नका लागि वार्षिक कार्ययोजना अनुरुप आफ्नो संस्था अघि बढेको सचिव बेनप्रसाद थापाले जानकारी गराए ।

गत वर्ष जिल्लामै बढी रगत संकलन गरि सामाजिक सेवामा क्रियाशील भएको संस्थाका रुपमा रक्त सञ्चार केन्द्र,रुपन्देहीले कानुङ सहकारीलाई सम्मान गरेको संस्थाकी कार्यालय प्रमुख कुसुम थापाले बताईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।