ताजा अपडेट »

एसईईलाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन

बुधबार, ०१ फागुन २०७५, १४ : ५२
6 Shares

फागुन १,

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिएका छन् । मंगलवार मन्त्रालयमा परीक्षाको तयारीका सन्र्दभमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा मन्त्री पोखरेलले प्रश्नपत्र तयारी र छपाई, परीक्षा केन्द्रको अवस्था र आवश्यक सुरक्षाको तयारीका सन्र्दभमा चासो व्यक्त गरेका थिए ।

परीक्षा भयरहित र व्यवस्थित हुनुर्ने बताउँदैं मन्त्री पोखरेलले प्रश्नपत्र तयारी गर्दा र परीक्षा केन्द्र तोक्दा विषेश ध्यान दिनुपर्ने बताए । बैठकमा प्रश्नपत्र छपाई कार्यस्थल व्यवस्थापन तथा अनुगमन समिति गठन गर्ने, सुरक्षाकर्मी खटाउने र प्रश्नपत्र ढुवानी तथा भण्डारण समन्वय गर्ने सम्बन्धमा छलफल भएको छ ।

यसवर्ष कुल १ हजार ९६१ ओटा परीक्षा केन्द्र कायम गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनले यस वर्ष प्रदेशगत रुपमा अनिवार्य ६ विषयको समानान्तर सेटबाट परीक्षा सञ्चालन गर्ने तयारी गरिएको बताए । बरालले उत्तरपुस्तिका परीक्षणका लागि करीव ६२ ओटा उपपरीक्षण केन्द्र कायम गर्ने पनि जानकारी दिए । यसवर्षको एसईई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।