२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

भैरहवा । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले पत्रकार रबिन्द्र प्रताप गुप्तालाई ‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मान गरेको छ ।
सिद्धार्थनगरलाई कर्मथलो बनाएर निरन्तर क्रियाशिल रही उद्योग, व्यापार, पर्यटन, कृषि तथा सामाजिक क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै गुप्तालाई नगद रु. २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको संस्थाले जनाएको छ ।

उनलाई शनिबार भैरहवामा भएको चेम्बर अफ कमर्श, रुपन्देहीको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको अवसरमा नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीलगायतले सम्मान गरेका हुन् ।

विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुप्ता गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक, खबरपात्रो डट कम, बुद्ध सामुदायिक टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनमा आबद्ध छन् । यसअघि सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कारबाट गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिकका सम्पादक कुलमणि ज्ञवाली सम्मानित भइसकेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न