१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरु मध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ । सामुदायिक क्याम्पसहरु मध्ये २०७५ सालमा नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सम्मानित लुम्बिनी वाणिज्य क्याम्पस राष्ट्रिय शिक्षा दिवस-२०८० को अवसरमा पुनः उत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा सम्मानित भएको हो ।

Advertisement

नेपाल सरकारको नीतिलाई आत्मसात गर्दै उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा प्रमाणपत्र तथा दुई लाख पचास हजार रुपैयासहित प्रज्ञा भवन काठमाडौंमा आयोजित एक समारोहका बिच माननीय कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रदान गरे ।

सम्मान ग्रहण गरेपछि प्रतिक्रिया दिदै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले राष्ट्रकै अग्रणी शैक्षिक संस्थाको रुपमा रहेकोे क्याम्पसले यस प्रकारको पुरस्कार पटकपटक प्राप्त गर्नुमा विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी र सरोकारवाला सबैको योगदान रहेको बताए ।

पुरस्कार ग्रहणका लागि क्याम्पस सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, क्याम्पस प्रमुख, प्राध्यापक, कर्मचारी र स्ववियुको प्रज्ञा भवनमा उल्लेखनिय उपस्थिति रहेको थियो । व्यवस्थापन विषयमा विशिष्टिकृत लुम्बिनी वाणिज्य क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट क्यू.ए.ए.को तेस्रो चक्रमा प्रवेश गरेको छ भने प्रदेश सरकार लुम्बिनी प्रदेशको तर्फबाट २०७६ सालमा प्रदेश प्रज्ञा पदक द्घितीयबाट समेत विभुषित भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने