ताजा अपडेट »

अखिल छैठौँले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक-२०८० जलाउने

सोमबार, ०१ असोज २०८०, २२ : १०
135 Shares
सोमबार, ०१ असोज २०८०
135 Shares

काठमाडौँ । अखिल (छैठौँ) ले असोज २ गते मङ्गलबार सरकारले हालै संसद्मा प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक–२०८० जलाउने भएको छ ।

सरकारद्वारा प्रस्तुत विधेयकमा शिक्षाको निजीकरण र व्यापारीकरण जोड दिएको, निजी स्कुललाई लुत्न छुट दिएको, फेरि पनि शैक्षिक माफिया दलाल र व्यापारीको हातमा शिक्षालाई वैधानिक रूपमै सुम्पेको भन्दै अखिल (छैठौँ) ले सो कार्यक्रम निश्चित गरेको हो ।

अध्यक्ष देवेन्द्र कुँवरको हस्ताक्षणमा २०८० असोज १ गते सोमबार सार्वजनिक गरिएको प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो ।

शिक्षा विधेयकलाई कलङ्कित विधेयकको संज्ञा दिइएको उक्त विधेयकमा सोको खारेजीको लागि एकल तथा संयुक्त आन्दोलन गर्न समेत अखिल (छैठौँ) तयारी रहेको वक्तव्यमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।