१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीमा पदका लागि लागि एक कार्यकालमा २ जना अध्यक्ष बन्ने सहमती बनेको छ । संस्थाको विधान अनुसार ३ वर्ष बराबरको एक कार्यकाल हुनेमा उक्त अवधि २ जनाले आलोपालो अध्यक्ष बन्ने गरी सहमति भएपछि नेतृत्व टुङ्गो लागेको हो ।

Advertisement

आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष र सहअध्यक्षले नेतृत्व सम्हाल्ने गरि छैटौं अधिवेशन सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले अध्यक्षमा बिलप्रसाद गुरुङ र सह अध्यक्षमा तिलब केसीलाई सर्वसम्वत निर्वाचित गरेको हो । तीन वर्षे कार्यकाल रहेको समितिको पहिलो एक वर्षपछि पुनः अर्काे अध्यक्ष चयन गर्ने गरि सहमति बनेको छ । अघिल्लो एक वर्षका लागि निर्वाचित गुरुङले एन प्याब्सनको नेतृत्व सम्हाल्ने छन् । १ वर्षपछि सहअध्यक्षमा निर्वाचित भएका केसीले एन प्याब्सन रुपन्देहीको अध्यक्ष बनि त्यसपछिको नेतृत्व सम्हाल्ने सहमति बनेको छ ।

अधिवेशनले अध्यक्षपछिका सबैपदहरुमा भने तीनै वर्षका लागि निर्वाचित गरेको छ । सम्पन्न अधिवेशनबाट एन प्याब्सनको उपाध्यक्षमा बाबुराम बन्जाडे, उपाध्यक्षमा अमरनाथ पाठक, सचिवमा अमित यादव, कोषाध्यक्षमा विनोद थापा मगर, सहसचिवमा लक्ष्मण अर्याल, सहकोषाध्यक्षमा राजेन्द्र पराजुलीलाई निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शंकरप्रसाद गौतम, सौगात भट्टराई, कमल पौडेल, करन राना, ओमप्रकाश यादव, एलबी रौतार, सुरेन्द्र बराई, रामऔतार यादव, राम अचल गौड, अरविन्द हरिजन, सुन्दर यादव, कमलेश कुमार यादव निर्वाचित भएको एन प्याब्सनका केन्द्रीय सदस्य तथा निर्वाचन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा एन प्याब्सन नेपालका सचिव कृष्णप्रसाद पौडेल, केन्द्रीय प्रतिनिधी बामदेव न्यौपाने, बालाकृष्ण तिवारी, देउप्रकाश राई, निर्वाचन समिति सदस्य होमनाथ ढुङगाना लगायतले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै संस्थागत विद्यालयहरुले शैक्षिक गतिविधिसँगै राज्यले दिने सेवा सुविधाका बारेमा पनि सचेत हुँदै खवरदारी गर्नु पर्ने आवश्यकता औल्याए ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु