१३ मंसिर २०८०, बुधबार

Nov 29, 2023

बुटवल । नेपाली युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेन्योरशिप बुटक्याम्प -२०२३ सम्पन्न भएको छ । आवासीय रूपमा ३ दिनसम्म चलेको कार्यक्रममा नेपालभरीबाट छनौट भएका २७ जना युवाहरु सहभागी थिए।

Advertisement

युवाको उद्दमशिलता विकासको लागि राजधानी बाहिर पहिलोपटक युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा एंटरप्रेन्योरशिप बुटक्याम्प भएको नेपाल युवा उद्यमी मन्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले बताए। उनले आमयुवाहरुले आफ्नो देश भित्र नै अवसर देख्ने र सम्भावना खोज्न सक्ने युवा निर्माण गर्न बुटक्याम्प गरिएको बताए ।

आज अन्तिमदिन पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रममा नेपाली युवा उद्यमी मन्चकाे केन्द्रिय अध्यक्ष साहरा जोशी प्रमुख अतिथि रहेका थिए। कार्यक्रम बोल्दै प्रमुख अतिथि साहरा जोशीले राजधानी बाहिर पहिलोपटक सफलतापुर्वक बुटक्याम्प सम्पन्न गरेकोमा रुपन्देही च्याप्टरलाइ धन्यवाद दिदै यस्ता कार्यक्रम नियमित रुपमा अगाडि बढाउन प्रोत्साहन गरिने बताए ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले नेपालको जनसंख्याको ५२ प्रतिशत युवा रहेकाले युवा केन्द्रित नितिनियिम, उद्दमशिलतालाइ प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

एंटरप्रेन्योरशिप बुटक्याम्पमा प्रमुख प्रशिक्षकको रुपमा पवित्रा बहादुर गौतमले सहजीकरण गरे । उक्त कार्यक्रममा प्रीज्मा एडभ्रटाइज काठमाडौका प्रमुख कार्यकारी अधिकृत रन्जित आचार्य, सुभाराम एग्रो फार्म प्रालिका अनिल प्रसाद श्रेष्ठ, आई टी स्टीलका सृष्टि गुरुङ, मेटल कास्टका निश्चल शर्मा, सीदि विनायक फुड्सका निश्चल केसी, सिद्धार्थ इन्टरनेस्तल कलेजकाे राम प्रसाद खरेल, काठमाडौं किङ्स कलेजका उदगम खड्का, वोमन लिडरशिप इन तेक्नोलोजी काठमाडौंका नशला जोशी, एंटरप्रेन्योर ट्रेनर मुकुन्द ज्ञवाली लगायतले आफ्नो अनुभव सहितको प्रशिक्षण दिएका थिए।

कार्यक्रममा उत्कृष्ट समुहलाइ पुरस्कार तथा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा वुटवल उद्योग वाणिज्य संघका पदाधिकारीहरु, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलको तथा नेपाली युवा उद्यमी मन्चकाे केन्द्रिय प्रथम उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठको उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल युवा उद्दमी मञ्च रुपन्देहीको अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षता, कार्यकारी सदस्य प्रविना घिमिरेको संचालनमा सप्पन्न भएको थियो । सहभागी प्रशिक्षार्थीहरुले काठमाडौ बाहिर पहिलोपटक सप्पन्न भएको एंटरप्रेन्योरशिप बुटक्याम्प २०२३ आफुहरुको लागि निकै उत्कृष्ट र उपयोगी भएको बताएका थिए। बुटक्याम्पबाट सिकेको सिप र ज्ञानलाइ ब्यवहारमा लागु गर्ने उल्लेख्य गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर