१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

काठमाडौं । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आज देशभर आकसमिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । संघले हिजो एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो ।

Advertisement

आन्दोलनका कार्यक्रममा भदौ ३१ गते आज आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने संघले जनाएको छ । सो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको संघले आरोप लगाउँदै आएको छ ।  चिकित्सकद्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । 

संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।

जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ । 

संघले हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ । साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत जनाउन माग गरेको छ ।  

यद्यपि, जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।

Press-Release-of-NMA_2080_5_30

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य