१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

बुटवल । तिलोत्तमा-३ स्थित बुटवल पब्लिक स्कुलले बाल दिवसको अवसरमा सचेतनामुलक र्याली निकालेको छ । बाल अधिकार कार्यान्वयन गरौ, बालश्रमको अन्त्य गरौ, बालबालिकाको भविष्य निर्माणमा जोड दिउँ भन्ने नारा साथ विद्यालय प्राङगणबाट निस्केको र्याली शान्तीचोक हुँदै पुन विद्यालयमा आएर कोण सभामा परिणत भएको थियो ।

Advertisement

सो अवसरमा विद्यालयका प्राचार्य हेमलाल शर्मा भुसालले बालबालिकाको अधिकार कार्यान्वयनमा सवैले जोड दिनुपर्ने बताए । सरकारले बालश्रम मुक्त घोषणा गरेपनि अझै धेरै बालबालिकाहरुले जोखिमपूर्ण काम गर्न बाध्य भएको भन्दै बाल बालिकाको अधिकार कार्यान्वयनमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ मनाइएको उक्त सचेतनामुलक ¥यालीमा विद्यालयका शिक्षक, शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट बालअधिकार सम्बन्धी महासन्धि पारित भएपछि नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउने गरिन्छ । आजै बालदिवसको अवसरमा जिल्लाभर विभिन्न रचनात्मक कार्यहरु भएका थिए । नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ ।

संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वाङ्गीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । नेपालको संविधान र कानूनले बाल अधिकारकालाई मौलिक हकको रूपमा व्याख्या गरेको छ ।

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गिण विकासको हक सुनिश्चित गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य