ताजा अपडेट »

जनज्योती माविको लागि एकै व्याक्तिवाट ३ लाख २५ हजार

बुधबार, ०१ फागुन २०७५, १४ : ००
6 Shares


फागुन १,
मुसिकोट, गुल्मी । जनज्योती माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं. १ को लागी विद्यालयका शिक्षक ढाल वहादुर रायमाझिले ३ लाख २५ हजार ५ सय पच्पन्न सहयोग घोषणा गर्नुभएको छ। विद्यालयको स्वर्ण महोत्सव तथा नवाह धनधान्यान्चल ज्ञान महायज्ञको अवसर पारेर सो रकम चन्दा घोषणा गर्नुभएको हो।

विद्यालयको स्तरवृद्धिको लागी भन्दै विद्यालयले यहि फागुन १ गते देखि ९ गते सम्म श्रीमद्भागवत धनधान्यान्चल महायज्ञ गर्न लागेको हो। हाल सम्म विद्यालयको लागि झण्डै ५० लाख सहयोग वचन प्राप्त भएको र महायज्ञको लागि आवश्यक सवै तयारी पुरा भएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यले जानकारी दिनुभएको छ। यसै विच मंगलवार महोत्सवको पूर्व सन्ध्यामा मोटरसाइकल र्याली निकालीएको छ। कार्यक्रमको प्रचार प्रसार गर्ने उद्धेश्यले मुसिकोट नगरपालिका वडा नं. १ का अरेवा देखि बागलुङको खर्वाङ हुँदै मुसिकोट नगरपालिकाकै वामीटक्सार भुवाचिदि हुँदै पुन घुमेर बागलुङको भिमगिठे पुगेर विद्यालयमा फर्किएको छ।


र्यालीमा वडा अध्यक्ष तथा मुल समारोह समितिका संयोजक पूर्ण वहादुर हितान, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष भुपेन्द्र रायमाझि, विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्य सहित विद्यालयका शिक्षक कर्मचारी, स्थानियहरुको सहभागिता रहेको थियो । यति वेला पौंदि अरेवा क्षेत्रलाइ दुलहि झैं सिँगारिएको छ। भोलीको कार्यक्रम प्रदेश नं. ५ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रि वृजेश चौधरी ले उद्घाटन गर्ने विद्यालयको प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यले जानकारी दिनुभएको छ। कार्यक्रममा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराज जीले ले प्रवचन गर्ने कार्यक्रम रहेको छ।


२०१६ सालमा स्थापना भएको विद्यालय २०४५/४६ सालमा निमावि तह तथा २०६६ साल देखि माध्यमिक तहमा संचालन हुँदै आएको छ। विद्यालयमा प्रावि तहको ४ स्थायी दरवन्दि १ राहत र निमावि तहको ४ दरवन्दि रहेको छ। हाल विद्यालयमा १८ जना शिक्षक तथा २ सय ७५ जना विद्यार्थी रहेका छन्। हिरक महोत्सव तथा महायज्ञमा राशि अनुसारको सम्मान गरिने विद्यालयले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।