१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

गुल्मी । गुल्मीको प्रसिद्ध धार्मिक क्षेत्र रेसुंगामा तीजको दोश्रो दिन श्रीपञ्चमीको अवसरमा ऋष्य श्रृङ्ग ऋषिको नवनिर्मित मूर्ति अनावरमण गरिने भएको छ । रेसुंगा संरक्षण समितिको आयोजनामा प्यूठानको प्रसिद्ध धार्मिक क्षेत्र स्वर्गद्वारी पिठका उत्तराधिकारी बालब्रह्मचारी डा. रुद्रानन्द (ध्रव श्री) बाट उक्त मूर्ति अनावरणको उद्घाटन गरिने भएको हो ।

सो अवसरमा विविध सांस्कृतिक साथै धार्मिक प्रवचन समेत हुने भएकाले सम्पूर्ण भत्तजनहरुलाई हार्दिक निमन्त्रणा गर्दर्छौं । समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले भने । उनले रेसुंगा र स्वर्गद्वारी दुई प्रसिद्ध धार्मिक क्षेत्र जोड्ने जम्घट पनि उक्त कार्यक्रम मार्फत गरिने बताए । उक्त प्रवचनमा गाई, गोरुको धार्मिक महिमाबारे प्रकाश पारेर गौहत्या गर्ने प्रवृत्तिको अन्त्यको प्रयास हुने अध्यक्ष भुसालले बताए । उनका अनुसार गाई, गोरु मनुष्यको सन्देश भगवानसम्म पु¥याउने धार्मिक जनविश्वास रहेको छ ।

भुसालले रीडि संस्कृत विद्यापिठका महिला सहित आम महिलाहरुलाई श्रीपञ्चमी पूजामा सहभागी गराउने कार्यक्रम रहेकाले यस जिल्ला र छिमेकी जिल्ला अर्घाखाँची बाग्लुङ्गसम्मका भक्तजनहरुलाई सहभागिताका लागि अपिल गरेका छन् । सो अवसरमा गर्जुराको नवनिर्मित रेसुंगा पार्क रेसुंगा नगरपालिकाले खोलिदिए झन ठुलो सहभागिता हुने अध्यक्ष भुसालले उल्लेख गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने