१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौँ । पाककला सम्बन्धी प्रतिस्पर्धात्मक रियालिटी शो ‘सेफ नेपाल’ आजदेखि प्रसारणमा आउँदै छ । नेपाल मा पहिलो पटक पाककला सम्बन्धी रियालिटी शो सुरु हुन गैरहेको धर्म पिक्चर्सका अध्यक्ष तथा ‘सेफ नेपाल’ का निर्माता धर्मराज पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम मार्फत रैथाने खाना, बाली तथा वस्तु सहित ग्यास्ट्रोनोमी को पनि प्रवर्द्धन हुने पाण्डेको दाबी छ ।

Advertisement

हरेक शुक्रबार राति ९ बजेदेखि एक घण्टा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शो लगभग ४ महिना प्रशारणमा रहनेछ । ०७९ वैशाखमा फुड रियालिटी सो ल्याउने घोषणा गरे पनि विविध कारणले ढिलाइ भएको थियो । ‘झन्डै डेढ वर्ष लाग्यो बजारमा ल्याउन, पहिलो पटक अनलाइन अडिसन आह्वान गर्‍यौं । आफ्नो परिचय र मनपर्ने खाना पकाएको भिडियो पठाउन भन्यौं ।’ निर्माता धर्मराज पाण्डे अनुसार अनलाइनमा आएका आवेदनमध्येबाट सय जनालाई सर्टलिस्ट गरिएको थियो ।

‘अनलाइन आवेदन ५ सयभन्दा बढीको आएको थियो, त्यसभित्र अधिकांश आवेदन सेफहरूको आएको थियो,’ उनले भने, ‘तर हामीले अमेच्योर र अन्प्रोफेशनलहरूलाई मात्र छनोट गर्‍यौं ।’ सेफ नेपालले खल्तीसँगको साझेदारीमा ‘खल्ती क्विज’ समेत ल्याउने जनाएको छ । हरेक एपिसोडको अन्तिममा सोधिने प्रश्नको सही उत्तर दिने दर्शकलाई गोलाप्रथामार्फत छनोट गरी विजेतालाई हरेक साता ५० हजारसम्मको गिफ्ट ह्याम्पर प्रदान गर्ने सेफ नेपालले जनाएको छ । हरेक एपिसोडमा घोषणा हुने ‘उत्कृष्ट डिस’ लाई बजारमा रहेका विभिन्न रेस्टुरेन्ट तथा क्याफेमा उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको पाण्डेको भनाइ छ ।

आयोजक सेफ नेपालका अनुसार विजेतालाई २५ लाख रुपैयाँ नगदसहित विभिन्न अवसरहरू प्रदान गरिनेछ । सेफ नेपाल र भाइबर को पनि सहकार्य भएको छ । भाइबर मा सेफ नेपालको च्यानल रहेको छ जसमा अहिले नै ५० हजार भन्दा बढी दर्शक हरु आवद्ध भैसकेका छन । सेफ नेपालको भाइबर च्यानल मा हरेक हप्ता रेसिपी प्रतियोगिता गराइने छ, हप्ताको एक उत्कृस्ट रेसिपिले नगद १०,००० जित्न सक्नु हुनेछ । रियालिटी सोमा सेफ सन्तोष शाह, सेफ गणेशबहादुर ढकाल र भान्से लक्ष्मणप्रसाद भण्डारी नै निर्णायक छन् भने नायिका प्रियंका कार्की कार्यकारी निर्माता छन् ।

प्रतिस्पर्धामा नेपालको कुनाकुनाका विभिन्न समुदायबाट प्रतिनिधित्व गरी प्रतिस्पर्धीहरू आएका सेफ सन्तोष शाहले बताए । ‘नेवारी, शेर्पा, लिम्बूलगायत विभिन्न समुदायका प्रतिस्पर्धीहरू आउनुभएको छ,’ उनले भने, ‘एक समुदायले अर्को समुदायको खाना बनाएको हेर्न, सिक्न र खान पनि पाउँछन् । यसले फुड टुरिज्मलाई धेरै नै सहयोग गर्छ ।’ सेफ नेपाल शो हेर्न अब हरेक शुक्रबार राती ९:०० बजे कान्तिपुर टिभी खोल्नु पर्ने छ ।

सेफ नेपालको युट्युव च्यानल मा पनि टिभिको प्रशारण समय पस्चात हेर्न सकिने छ । सेफ नेपालको बारेमा जानकारी तथा सुचना समाजिक सन्जाल तथा सेफ नेपालको फेसबुक,इन्स्टग्राम आदिमा उपलब्ध छ । आज राती ९ बजे कान्तिपुर टिभिमा नेपालकै पहिलो फुड रियालिटी शो “सेफ नेपाल” तपाँई हामी सबै सँगै बसेर हेर्ने हैन त ?

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने