ताजा अपडेट »

कृष्ण जन्माष्टमी कप जिल्ला स्तरीय विद्यालय तथा खुल्ला टेबुल टेनिसको उपाधि गार्गीले जित्यो

शुक्रबार, २२ भदौ २०८०, १२ : ०१
24 Shares
शुक्रबार, २२ भदौ २०८०
24 Shares

बुटवल । बुटवल टेबुल टेनिस क्लबको आयोजना भएको प्रथम कृष्ण जन्माष्टमी कप जिल्ला स्तरिय विद्यालय तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता २०८० मा गार्गी एकेडेमी प्रथम भएको छ । ४ स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित गार्गी एकेडेमी प्रथम भएको कार्यक्रम संयोजक नबिन शाक्यले जानकारी दिए ।

यस्तै २ स्वर्ण र २ रजत सहित लुम्बिनी बोर्डिङ स्कुल द्वितीय, २ स्वर्ण र १ रजत सहित दीप बोर्डिङ हाई स्कुल तृतीय भएको कार्यक्रम संयोजक शाक्यले बताए । कन्सल्टेन्सि डिएएचको प्रायोजनमा भएको प्रतियोगितामा १७ वटा विद्यालयबाट ३१० जना खेलाडीहरुले ११ वटा इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

गरेको थियो । कार्यक्रम बुटवल टेबुल टेनिस क्लबका अध्यक्ष धिरेन तुलाधरको अध्यक्षता, रुपन्देही जिल्ला टेबुल टेनिस संघका वरिष्ठ सल्लाहकार अर्जुन मान सैंजुको प्रमुख आथित्यता र पुर्व डिएसपि मेघराज कंडेल, हेमनाथ अधिकारिको विशिष्ठ आथित्यतामा सम्पन्न भएको थियो ।

रुपन्देही जिल्ला खेलकुद बिकास समिति कार्यलय प्रमुख तथा टेबुल टेनिस प्रशिक्षक राजेन्द्र श्रेष्ठ , रुपन्देहि जिल्ला टेबुल टेनिस संघका वरिष्ठ उपाध्यक्ष नर बहादुर क्षेत्रि , एपेक्स स्कुलका प्राचार्य दिपक गौतम , गार्गि एकेडेमि प्राचार्य भुवन अधिकारि , बुटवल टेबुल टेनिस एकेडेमि संचालक झरना श्रेष्ठ लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।