१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौँ । नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ ।

Advertisement

वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक रु पाँच हजारका दरले तलब प्रदान गर्ने मंगलबार सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।

सोही आवसरमा राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई आज नै तीन महिनाको तलब प्रदान गरिएको थियो ।

अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा राष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक तलब दिइने भएको हो ।

पहिलो पटक तलब पाएपछि कप्तान अरुणा शाहीले यस किसिमको तलबले खेलाडीको हौसला बढाउने विश्वास व्यक्त गरे । महिला टोलीमा कप्तान अरुणासहित सरस्वती चौधरी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, सङ्गम महतो, निरुता ठगुन्ना, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द र उषा भण्डारी छन् ।

त्यस्तै राष्ट्रिय पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठले आफू कप्तान हुँदा मासिक तलब सुरुआत भएकोमा खुसी व्यक्त गरे । नेपाली टोलीमा श्रेष्ठ कप्तानसहित रविन चन्द, विशाल विक, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर टेकराज अवस्थी, धीरजकाजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरी, सम्राट भण्डारी र विनोद चन्द छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा