ताजा अपडेट »

बेल्जियममा गायिका मल्लिकासँग महिलाले मनाए तीज

मंगलबार, १९ भदौ २०८०, १४ : २४
42 Shares

गेन्ट। बेल्जियमस्थित नेपाली महिलाहरुले हरितालिका तीज मनाएका छन् । गेन्टस्थित नेपाल डिलाइट रेष्टुरेन्टमा आयोजित तीज कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

सोमबार साँझ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रमको संयोजक समाजसेवी सरिता पौडेलले गरेकी थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरुले नवनिर्वाचित महासचिव शर्मालाई सम्मान गरेका थिए । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिकी, यति धेरै मान्छेहरुको बीचमा, अच्छालिकीन लण्डनको चिसोले समाउलालगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा रेनु केसी, मैया नेपाल, एनआरएनए बेल्जियमकी संयोजक शारदा धिताल, सम्झना लामिछाने, कविता थपलिया, रस्मी निरौला र उमा पोखरेल लगायतको उपस्थिति थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।