१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । नेकपा (एमाले) को बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हरि रिजालको वैधानिकतामाथि नै प्रश्न उठेको छ । प्यूठानको नौवहिनी गाउँपालिका-६ का रिजालको लुम्बिनी प्रदेशमा संगठित सदस्यतानै नरहेको बताउँदै एक नेताले उनको प्रतिनिधित्वमा समेत पश्न उठेको हो ।

Advertisement

जारी अधिवेशनमा निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलसँगै  चुनाव लड्ने तयारी गरेका रिजालको काठमाडौंमा संगठित सदस्यता सारेको हुँदा उनको प्रतिनिधित्व अवैध भएको तथा उम्मेदवारी स्वतहः खारेज हुने एमाले नेताहरु बताउँछन् ।

रिजाको सङ्गठित सदस्य सङ्ख्या १७५१ नम्बर लुम्बिनी प्रदेशका रहेको छैन । रिजालले आइतबार दर्ता गराएको १०१ नम्बरमा अध्यक्ष पदको उम्मेदवारी खारेज हुने देखिएको हो ।

यद्यपि रिजाललाई वैधानिक कायम गर्न नेताहरुले सिफारिस तयार पार्ने तयारी भएको स्रोतले बताएको छ । दुई पक्ष बीच सहमतिका लागि लामो प्रयास गर्दा पनि टुङ्गो नलागेपछि दुबै जनाले आइतबार उम्मेदवारी दर्ता गराएका थिए ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका गरी १००४ प्रतिनिधिहरु सहभागी छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप