ताजा अपडेट »

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु

सोमबार, १८ भदौ २०८०, १२ : ३९
6 Shares

काठमाडौँ । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ। अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् ।

‘बिहान चार बजेतिर माथिबाट हाम फालेर मृत्यु भएको पाइएको अस्पतालका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार ६ तल्लामाथी वरिपरि सबै बन्द छ, एउटा झ्याल खुल्ला रहेछ। अन्दाजी ३५र४० वर्षका ती मृतक पुरूषको परिचय भने खुलेको छैन ।

अस्पतालको सर्जिकल भवनमा ती व्यक्ति राति २स्१५ बजेको समयमा छिरेको देखिएको अस्पताल स्रोतले बतायो। सीसीटीभीमा हेर्दा मृतक फेला परेका व्यक्ती फेटा बाँधेर अस्पतालमा छिरेको देखिएको छ र केही समयपछि ६ तल्लाबाट फुत्त झरेको देखिन्छ ।

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ। ‘उनी बाहिरका मान्छे हुन्। यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ मिश्रले भने ।

थप अनुसन्धान भैरहेको र मृतकको सव परहरीले मुचुल्का उठाई तिरभुवन विश्वबिध्यालय शिक्षण अस्पतालमा लागिएको अस्पतालले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।