ताजा अपडेट »

वीर अस्पतालको छैटौं तलाबाट हाम फाल्दा एक पुरुषको मृत्यु

सोमबार, १८ भदौ २०८०, ०९ : ३९
100 Shares
सोमबार, १८ भदौ २०८०
100 Shares

काठमाड। वीर अस्पतालको सर्जिकल भवनको छैटौं माथिबाट हाम फाल्दा एक पुरुषको मृत्यु भएको छ। ती पुरुष आइतबार बिहान (राती) अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए।

‘बिहान चार बजेतिर माथिबाट हाम फालेर मृत्यु भएको पाइयो,’ मिश्रले भने,‘माथि वरिपरि सबै बन्द छ, छैटौं तलाको एउटा झ्याल खुल्ला रहेछ, अरू कहीं छैन ठाउँ।’ अन्दाजी ३५/४० वर्षका ती व्यक्तिको परिचय भने खुल्न सकेको छैन।

अस्पतालको सर्जिकल भवनमा ती व्यक्ति राति २:१५ बजे तिर छिरेको देखिएको अस्पताल स्रोतले बतायो। सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखिएको छ। तर, कताबाट छैटौं तलामा पुगे भन्ने नदेखिएको बताइएको छ।​​​​​​​

उनी आफैं हाम फालेकै हो भनेर कसरी थाहा भयो त ? भन्ने जिज्ञासामा अस्पताल स्रोतले भन्यो,‘फुत्त झरेको देखिन्छ। ब्लड लागेको ६ तलाको झ्यालमा छ।’ ति व्यक्ति अस्पतालमा भर्ना भएको बिरामी र अस्पतालमा आफन्त कुर्न पुगेका व्यक्ति भएको नदेखिएको पनि जनाइएको छ।

मृत्यु भएका व्यक्तिको शवलाई शिक्षण अस्पतालमा पठाइएको मिश्रले बताए। ‘सनाखत भएन, (प्रहरीले) मुचुल्का उठायो। मुचुल्का उठाएपछि त्यस्ता बेवारिसे शव टिचिङमा पठाइदिन्छौं। टिचिङले राख्छ,’ उनले भने।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।