१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

ढोरपाटन । काठेखोला गाउँपालिका–४ का अनिल विश्वकर्माको चाहना एसइईपछि होटल व्यवस्थापन पढ्न भन्ने थियो। तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण रहर अनुसार पढ्ने अवस्था थिएन। त्यसैले उनको होटल व्यवस्थापन पढ्ने रहर अधुरै रहने अवस्था बनेको थियो ।

Advertisement

सोही समयमा गाउँपालिकाले प्रकाशित गरेको एउटा विज्ञापनले भने उनको पढ्न चाहना पूरा ग¥यो। गाउँपालिकाले गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा पढाउनेसम्बन्धी सूचना गरेपछि अनिलले पनि आवेदन दिए ।

धौलागिरि प्राविधि शिक्षालय मुस्ताङले लिएको प्रवेश परीक्षामा पास भएपछि उनको रहर पूरा भएको छ। हाल उनी तीन वर्षे होटल व्यवस्थापन पढ्नका लागि धौलागिरि प्राविधि शिक्षालय मुस्ताङमा छन्। गाउँपालकाले अनिल जस्ता २२ जना प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीलाई निःशुल्क पढाउन थालेको छ ।

गाउँपालिकाले शनिबार प्रवेश परीक्षामा विद्यार्थीलाई मुस्ताङको लेतेस्थित धौलागिरि प्रविधिक शिक्षालयमा पठाएको छ। गाउँपालिकाका अध्यक्ष राजु थापालेनै विद्यार्थीलाई लिएर लेते गएका हुन्। कक्षा १० सम्म निकै मुस्किलका साथ पढेको सुनाउँदै अनिलले अब प्राविधिक शिक्षा अध्ययनपछि व्यावसायिक बन्ने बताउछन्। अहिलेसम्म आर्थिक आभवका कारण धेरै चाहना र रहर मरेको दुखेसो पोख्दै गाउँपालिकाले आफू जस्ता विपन्न परिकारका लागि काम गरेको उनको भनाइ छ ।

“गाउँपालिकाले मलाई निःशुल्क पढाउने निर्णय नगरेको भए मैले एसइईपछि पढ्न पाउने पाउने थिइन, गाउँपालिले हामीमाथि यति ठूलो गुन लगायो”, विश्वकर्माले भने “अब कसरी, कापी कलम जुटाउने र पोशाक सिलाउने होला भन्ने पिर हट्यो, अब राम्रोसँग पढेर सकेपछि गाउँमै आएर व्यावसायिक बन्ने रहर छ ।”

कक्षा १० पास गरेर यतिकै घरमा बस्दै आएकी काठेखोला गाउँपालिका–४ की अस्मिता परिवारले पनि निःशुल्क बाली विज्ञान पढ्ने भएकी छिन्। आर्थिक अभावका कारण प्राविधिक शिक्षा पढ्न नकेकी परियार पनि प्रवेश परीक्षामा पास भएर अहिले बाली विज्ञान पढ्न लेते गएकी छिन्। घरमा कमाएर पढ्नका लागि सहयोग गर्ने कोही नहुँदा आफू यतिकै बसको र गाउँपालिकाले निःशुल्क पढाउने सूचना थाहा पाएपछि फारम भरेको उनी बताउछिन्। परियारले १८ महिने बाली विज्ञान पढ्ने भएकी छिन् ।

“कृषि प्रधान देशमा उत्पादन थोरै हुन्छ, हाम्रो परिवारमा पनि बारी धेरै हुने तर उत्पादन थोरै हुने गर्थ्यो, त्यसले वर्षभरी खान पनि पुग्दैनथ्यो, यो समस्याले गर्दा मलाई पहिले देखिनै कृषि पढेर धेरै उत्पादन गर्नुपर्छ भन्ने लाग्थ्यो”, परियारले भनिन्, “तर, आर्थिक सङ्कटका कारण पढ्न पाइँदैन कि भन्ने लागेको थियो, गाउँपालिकाले पढाउने भयो, निकै खुसी लागेको छ, अब बढेर मैले गाउँमै उत्पादन गरेर आत्मनिर्भर बन्ने चाहना छ ।”

काठेखोला गाउँपालिका–८ लेखानीका दिलबहादुर दर्जीले गाउँपालिकाले आफ्नो छोरालाई निःशुल्क पढाइ दिने भएपछि खुसी भएका छन्। दिनभरी काम गरेर बिहान बेलुकाको छाक टार्न गाह्रो हुने गरेको भन्दै छोराले राम्रोसँग पढ्यो भने परिवारको आर्थिक अवस्था सुधार हुने विश्वास व्यक्त गरे ।

कक्षा १० सम्म ऋण धन गरेर कापि, कलम र ड्रेसको जोहो गरिदिएको दर्जीले बताए। “छोराले पहिलेदेखिनै होटलसम्बन्धी पढाइ गर्छु भन्थ्यो, एसइईसम्म गाउँमै जसोतसो पढ्यो, त्यसपछि कहाँ पढाउने होला भन्ने चिन्ता पनि अब हट्यो ।”

कोठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गरिबीका कारण धेरै बालबालिका उच्च शिक्षा पढ्नबाट वञ्चित हुँदै गएको भन्दै उनीहरुलाई व्यावसायिक जीवन उपयोगी शिक्षा दिए दक्ष बनाउन गाउँपालिकाले निःशुल्क प्रविधिक शिक्षा पढाउन थालेको बताए ।

पालिकाले प्रत्येक वडाका विपन्न परिवारका बालबालिकालाई खाना, बस्न लाग्नेदेखि सबै खर्च बेहोर्ने अध्यक्ष थापाले बताए। अध्यक्ष थापा भन्छन्, “अब गाउँमा दक्षजनशक्ति उत्पादन गरी गाउँमै रोजगार सिर्जना गर्नुपर्छ, सोहीअनुसार यस वर्षदेखि हामीहरुले केही विद्यार्थीलाई प्राविधिक शिक्षा दिन थालेका छौँ, उहाँहरुले शिक्षा हासिल गरिसकेपछि पक्कै पनि व्यावसायिक बन्नुहुने छ भन्ने हामिले विश्वास गरेका छौँ ।”

उनले प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि सूचना जारी गरेकोमा २५ जनाको आवेदन परेको जानकारी दिए। जसमा तीन जना विद्यार्थी अनुपस्थित भएपछि २२ जनालाई नै निःशुल्क पढाउने निर्णय गरिएको उनको भनाइ छ ।

पालिकाले वार्षिक एक जना विद्यार्थीका लागि करिब ७५ हजार खर्च लाग्ने बताए। उनका अनुसार यसवर्ष १० जनाले तीन वर्षे र चार जनाले १८ महिने होटल व्यवस्थापन, चार जनाले १८ महिने होटल व्यवस्थापन, दुई जनाले कुलिनरी आर्ट, चार जनाले बाली विज्ञान र दुई जनाले पशु विज्ञान पढ्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध