ताजा अपडेट »

आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्छः अध्यक्ष मल्ल

बुधबार, १३ भदौ २०८०, २२ : ४५
46 Shares
बुधबार, १३ भदौ २०८०
46 Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा सबै दलको एउटै धारणा हुनुपर्ने बताएका छन्  । बुधवार काठमाडौंमा आयोजित निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा मल्लले यस्तो बताएका हुन् ।

उनले विभिन्न दलको राजनीतिक धारणा फरक भएपनि आर्थिक एजेन्डामा एउटै धारणा हुनुपर्ने बताए । उनले कालोबजारी ऐन धेरै पुरानो भएको भन्दै समय सापेक्ष बनाउन आवश्यक रहेको बताए । उनले नेपालमा पहिला थुन्ने पछि सुन्ने सरकारको प्रवृत्ति रहेको बताए । व्यवसायीहरुलाई थुन्ने भन्दा पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए। मुलुकको अर्थतन्त्र सबैभन्दा कठिन भएको अवस्थामा सरकारले केही गर्न खोजेजस्तो देखिए पनि नियामक निकायहरुबाट कहिल्यै सहयोग नपाउने महशुस भएको बताए। उनले मुलुकको अर्थतन्त्र चलायमान हुनेगरी अर्थमन्त्रालय र राष्ट्र बैंकले काम नगरेको अवस्था रहेको बताए । चालुपुँजी कर्जामा पनि २५ प्रतिशतबाट ४० प्रतिशत एक वर्ष अघि गरिदिएको भए अर्थतन्त्र चलायमान हुने अवस्था रहेको बताए । 

उनले साना व्यवसायी अहिले समस्यामा रहेको भन्दै  साना व्यवसायी पलायन भइरहेकाले यसलाई रोक्न ब्याजदरमा सहुलियत हुनुपर्ने बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।