१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवल-५ मा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ को परीक्षामा उत्कृष्ट अंकसहित उत्तिर्ण भएका तथा एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री र एमबिएस दोस्रो सेमेष्टरमा नेपाल तृतीय हुने रिता श्रेष्ठसहित उत्तिर्ण विद्यार्थीलाई टीका, खादा र मायाको चिनोले सम्मान गरिएको छ ।

Advertisement

क्याम्पसका अध्यक्ष निर्मल लाकौलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख बिष्णुप्रसाद राना, सहायक क्याम्पस प्रमुख रमेश पाण्डे, मनोज सापकोटा, बिभागीय प्रमुखहरु टीकाराम घिमिरे, रामनाथ उपाध्याय, कृष्णप्रसाद खनाल, एमबिएस दोस्रो सेमेष्टरमा नेपाल प्रथम हुने पुजा थापा क्षेत्री लगायतले बोल्दै यसक्षेत्रकै नमुना क्याम्पसलाई शैक्षिक क्षेत्रमा सधै अब्बल बनाउन सबै लाग्नुपर्ने बताएका थिए । सो अबसरमा बोल्दै अध्यक्ष लाकौलले विद्यार्थीको उच्च शिक्षाको थप सफलताको शुभकामना दिदै सबैका लागि शिक्षा दिन सक्ने क्याम्पस रोज्नुपर्ने धारणा राखे ।

क्याम्पस प्रमुख बिष्णुप्रसाद रानाले सबैको योगदानका कारण अहिलेको नतिजा आएको स्मरण गरे । सहायक क्याम्पस प्रमुख रमेश पाण्डेले गुणस्तरीय शिक्षाकै कारण अहिलेको बजारमा क्याम्पसका पूर्व बिद्यार्थीहरुले बिभिन्न क्षेत्रको नेतृत्व गरिरहेको उल्लेख गरे । कार्यक्रममा स्नातकोत्तर तहमा अध्यापन गराउने प्राध्यापकहरूलाई समेत टीका खादाले सम्मान गरिएको थियो । बिस २०४८ सालमा स्थापित क्याम्पसमा कक्षा ११/१२, स्नातक तथा स्नातकोत्तर तहमा ब्यबस्थापन, शिक्षा र मानविकी संकायमा अध्ययन/अध्यापन हुँदै आएको छ ।

क्याम्पसमा स्नातकतहमा नयाँ भर्ना हुनेका लागि बिभिन्न शुल्कमा छुटबारे समारोहमा जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ