१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

Advertisement

शुक्रबार मोरङको विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले सर्वोच्च अदालतले कांग्रेस नेतृत्वको सरकार ढाल्ने दाबी गर्दै त्यसपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।

सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको भन्दै उनले अघि भने, ‘कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरेको, संविधान मिच्ने ?’

सरकार चलाउन त ४७ पुर्याउनु पर्ला नि भन्ने अर्को प्रश्नमा अध्यक्ष ओलीले भने, ‘४७ होइन, ५० भन्दा माथि जान्छ।’ हिजो हतियार उठाएर हिंडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै उनले भने, ‘कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम !’

अबको निकास के भन्ने प्रश्नमा ओलीले भने, ‘एमालेको सरकार बन्छ। एमालेको सरकार चल्छ। एमालेले मजाले चलाउँछ।’ कोशीमा हाल गठबन्धन दलसँग ४७ सांसद रहेका छन्। तर सभामुख नहुँदा उपसभामुखले सभा सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ ।

उपसभामुख नेकपा एमालेबाट निर्वाचत सांसद भएको हुँदा कोशीमा गठबन्धनलाई सरकार चलाउन सहज छैन। गत सोमबार प्रदेश सभाबाट उद्धव थापाले विश्वासको मत लिने दिन उपसभामुख काठमाडौँ हिडेपछि भएको विवाद अहिले सर्वोच्च अदालतमा पुगेको थियो ।
 

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध