ताजा अपडेट »

६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत

विहीबार, ०७ भदौ २०८०, १७ : ५३
65 Shares
विहीबार, ०७ भदौ २०८०
65 Shares

काठमाडौँ । सरकारले विभिन्न सरकारी निकायमा ६५८ राजपत्रांकित श्रेणीका कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बुधबार र गत मंगलबार बसेको बैठकले सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयसहित विभिन्न मन्त्रालयमा गरी ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भूउपयोग (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरेको छ । त्यस्तै, बैठकले काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।