१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इज्नीनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । 

Advertisement

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पौडेलले २ सय प्रतिशत शुल्क वृद्धि गरिएको बताउँदै इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने अध्ययन संस्थामा अनुचित शुल्क वृद्धि भएको बताए । 

‘इन्निनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वुद्धि भएको छ, त्यो अस्वभाविक छ। तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिइएर विद्यार्थीहरुको मागलाई पूरा गरियोस्,’ उनले भने ।

देशकै सबैभन्दा जेठो विश्वविद्यालय भएर पनि त्रिवि असाध्यै भद्रगोल तरिकाबाट सञ्चालन भइरहेको बताउँदै उनले शिक्षा मन्त्रालयलाई श्वेतपत्र जारी गर्न आग्रह गरेका छन् ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.रबी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

शुल्क वृद्धिको निर्णय फिर्ता हुनुपर्ने माग राख्दै नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ तीन दिनदेखि आमरण अनशनमा छन् ।

तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरूको मागलाई पूरा गर्न ध्यानाकर्षण गराएका हुन्। त्रिभुवन विश्वविद्यालय भद्रगोल तरिकाले चलिरहेको बताउँदै त्यसलाई सुधार गर्नका लागि श्वेतपत्र जारी गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर